संघिय नेपालको वर्तमान राजनैतिक संरचनामा तीन तहको सरकार (सघंप्रदेश र स्थानिय तह) कार्यान्यवनमा रहेका छन । यी तीनै तहका सरकारले आफ्नो नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेका छन ।तीन वटै सरकारका आ-आफ्नै कृषि विकासका योजना र कार्यक्रम रहेका छन ।

यसै अनुरुप प्रदेश नं- १ सरकारको मातहतमा रहने गरी सरकारले साबिकको जिल्ला कृषि विकास कार्यालयलाई प्रतिस्थापन गरी वि.स. २०७५ सालमा विल्कुलै नयाँ संरचनामा आधारित कृषि ज्ञान केन्द्रको स्थापना गर्ने निर्णय गर्यो । सोही अन्तर्गत प्रदेश-१ सरकारको मातहतमा रहने गरी कृषि ज्ञान केन्द्रताप्लेजुङको स्थापना भएको हो । यस कृषि ज्ञान केन्द्रकोसाबिकको जिल्ला कृषि विकास कार्यालयको भन्दा फरक सांगठनिक संरचना र कार्य विवरण रहेको छ ।ताप्लेजुङ जिल्ला कार्य क्षेत्र रहेको यस ज्ञान केन्द्रको कार्यालय ताप्लेजुङको सदरमुकाम (फुङलिङ नगरपालिका वडा नं- ६ मा रहेको छ । यस कार्यालयले मुख्य गरी प्रदेश मन्त्रालय मार्फत संचालन हुने कृषि विकासका विभिन्‍न कार्यक्रम तथा आयोजनाहरु संचालन गर्ने गरेको छ