उदेश्य

अल्पकालिन उदेश्य

  • स्थानीय समस्यामा आधारित स-साना अध्ययन र परिक्षण तथा भ्यालिडेशन (प्रमाणिकरण) परिक्षण संचालन गर्ने ।
  • नविनतम कृषि प्रविधिहरु किसान समक्ष प्रसार भ्यालिडेशन परीक्षण सन्चालन गर्ने ।
  • माटो तथा मलबाली संरक्षण र बीउ विजन परिक्षण सम्बन्धी सामान्य प्रयोगशाला सेवा संचालन गर्ने ।
  • स्थानीय कृषि जैविक विविधताको पहिचानसंरक्षणसम्वर्द्धन र प्रवर्द्धन गर्ने ।
  • स्थानीय तहको क्षमताले सम्पादन गर्न नसक्ने प्रकृतीका विषशेज्ञ प्राविधिक सेवा प्रदान गर्ने।
  • प्रादेशिक तथा संघीय कृषि विकासका कार्यक्रमहरुलाई आम किसान समक्ष पुर्‍याउने ।
  • व्यवसाय विकास सेवा उपलव्ध गराउने  

 

दिर्घकालिन उदेश्य

  • खाद्य वस्तुको आन्तरिक माग परिपुर्ति गर्न उत्पादन र उत्पादकत्व बढाउने ।
  • निर्वाहमुखी र परम्परागत कृषि पद्धतिलाई परिवर्तन गरी व्यवसायिकप्रतिस्पर्धात्मक र आधुनिकिकरण तर्फ उन्मुख गराउने।
  • भौगोलिक क्षेत्र अनुसार  तुलनात्मक लाभ र न्यायोचित वितरणको आधारमा एकीकृत कृषि विकासका कार्यक्रमहरु संचालन गरी ग्रामिण गरिबी निवारण मार्फत किसानहरुको जिवनस्तरमा सुधार ल्याउने ।
  • राष्ट्रिय कृषि निति-२०६१कृषि विकास रणनिति (२०१५-२०३५)पन्ध्रौ योजना (२०७६/७७- २०८०/८१) र प्रदेश-१ को प्रथम आवधिक योजना (२०७६/७७- २०८०/८१) को आधार पत्रमा उल्लेख गरिएका कृषि विकासका लक्ष्य हासिल गर्न समन्वयकारी भूमिका निर्वाह गर्ने ।